अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

पार्टीको इज्जत लुट्ने गए बल्ल पार्टी राम्रो भयो : ओली

पार्टीको इज्जत लुट्ने गए बल्ल पार्टी राम्रो भयो : ओली


काठमाडौं – नेकपाका एमाले अध्यक्ष केपी ओलीले पार्टीको बेइज्जत र हुर्मत लिनेहरु बिदा भएपछि पार्टी राम्रो र बलियो भएको दाबी गर्नुभो ।

देशभरका वडा अधिवेशनलाई भर्चुअल माध्यमबाट सम्वोधन गर्दै ओलीले माधव नेपाल र पुष्पकमल दाहाल पार्टीवाट अलग्गिएपछि पार्टी थप शसक्त भएको दाबी गर्नुभयो ।

‘पार्टीको बेइज्जत गर्नेहरु गइसके अब पार्टी शुद्धिकरण भयो । पार्टीलाई सरकारबट हटाउने खेल भए । पार्टीमाथि आन्तरिक र बाह्य साँठगाँठको निष्कर्ष सरकार फेरबदलमा देखियो । अब पार्टी नयाँ ढंगले अघि बढेको छ,’ उहाँले भन्नुभयो ।

अध्यक्ष ओलीले लोकतान्त्रिक भनिएको पार्टी (कांग्रेस)ले समेत अधिवेशन गर्न नसकेको भन्दै एमाले उन्नत पार्टी भएको बताउनुभयो ।