अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

बाढीपीडित नागरिकलाई तत्काल राहत तथा क्षतिपूर्ति दिन सरकारसँग ओलीको माग

बाढीपीडित नागरिकलाई तत्काल राहत तथा क्षतिपूर्ति दिन सरकारसँग ओलीको माग


काठमाडौं –  नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बाढी-पहिरोबाट पीडित नागरिकहरुलाई राहत तथा क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग माग गर्नुभएको छ ।

अध्यक्ष ओलीले बेमौसमको वर्षाका कारण ज्यान गएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरुको शिघ्र स्वास्थ्यलाभको कामनासमेत गुर्नुभयो ।

आज (शनिबार) पार्टीको वडा अधिवेशनको भर्चुअल रुपमा उद्घाटन गर्नुहुँदै ओलीले भन्नुभयो, ‘बाढी पहिरोबाट पीडित जनतालाई राहत तथा क्षतिपूर्ति दिन सरकारले कुनै कञ्जुस्याईं गर्नुहुन्न ।’

ओलीले वर्षात मारमा परेकाहरुलाई राहत दिने र उद्धार कार्यमा संलग्न पार्टीका नेता, कार्यकर्तालाई पनि धन्यवाद दिनुभयो । उहाँले अतिवृष्टिका कारण आज हुन नसकेका वडा अधिवेशनहरु छिट्टै सम्पन्न गर्न पनि सम्बन्धित कमिटीहरुलाई निर्देशन दिनुभएको छ ।