अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

एमाले सकियो भन्नेहरु बलेसीका पानीका फोका हुन् : ओली

एमाले सकियो भन्नेहरु बलेसीका पानीका फोका हुन् : ओली


काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमालेलाई समाप्त पार्छु भन्नेहरुलाई बलेसीको पानीको फोकाका संज्ञा दिनुभएको छ ।

देशभरका वडा अधिवेशनलाई भर्चुअल माध्यमबाट सम्बोन गर्नुहुँदै ओलीले एमाले समाप्त पार्न गठबन्धन बनाएर दलहरु लागेको आरोप समेत लगानुभयो ।

‘हिजो एमालेलाई सरकारबाट हटाएपछि एमाले समाप्त हुन्छ भने । ती सवै बलेसीका पानीको फोका हुन् ।  जसले हाम्रा चरित्र हत्या गर्न खोजे लान्छाना लगाए । तर ती निरर्थक भए एक समय लड्डु खाने जमाना पनि चल्यो, अबिर जात्रा गरे तर एमाले तुलना नै गर्न नसकिने गरी प्रमुख शक्ति हो,’ ओलीले भन्नुभयो ।

तल्ला कमिटीलाई सर्वसम्मत नेतृत्व छान्न आग्रह गरेका ओलीले सत्तारुढ गठबन्धनले देशलाई अस्थिरतामा धकेलेको समेत आरोप लगाउनुभयो ।

गठबन्धनलाई स्वेच्छाचारिता र प्रतिगमनको बाटो भन्दै ओलीले भन्नुभयो, ‘गठवन्धन छाड्नुस्, हामी एक्लै चुनाव जित्ने तयारीमा छौं यही अनुसार तयारी गर्नुहोस् ।’