सिन्धुपाल्चोक- सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाकी उपाध्यक्ष मिरा लामा (अधिकारी)को शनिबार बिहान उपचारको क्रममा निधन भएको छ ।
नेपाली कांग्रेस जिल्ला सभापति विकास लामाकी श्रीमतीसमेत रहेकी अधिकारी लामो समयदेखि क्यान्सर पीडित हुनुहुन्थ्यो ।
इन्द्रावती गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङका अनुसार उपचारका क्रममा शनिबार बिहान ७ बजे काठमाडौंस्थित त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उहाँको निधन भएको हो । ५१ वर्षीया अधिकारीका तीन छोरी छन् ।
प्रतिक्रिया