अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

ओखलढुंगामा एमाले अधिवेशन ७५ वडामा आजै अधिवेशन सम्पन्न हुने

ओखलढुंगामा एमाले अधिवेशन ७५ वडामा आजै अधिवेशन सम्पन्न हुने


ओखलढुंगा- नेकपा एमालेको वडा अधिवेशन सुरु भएको छ । जिल्लाका ७५ वटै वडामा वडा अधिवेशन सुरु भएको नेकपा एमाले जिल्ला कमिटी सचिव शंकर कटवालले जानकारी दिनुभयो ।

जिल्लाका सबै ७५ वडामा नेकपा एमालेको प्रथम विधान महाधिवेशनबाट पारित विधान अनुसार अधिवेशन सम्पन्न हुने कटवालले बताउनुनभयो । ‘सकेसम्म सबै वडामा सर्वसम्मत नेतृत्व चयन गर्ने, असम्भव  भएमा स्वस्थ लोकतान्त्रिक पद्धति अपनाइनेछ’ उहाँले बताउनुभयो ।

कतिपय वडामा यसअघि निर्माण गरिएको अधिवेशन आयोजक कमिटीलाई नै अनुमोदन हुने र कतिपयमा हेरफेर हुने एमालेले जनाएको छ । एमालेको वडा तहमा नेतृत्व चयनमा खास मतभेद देखिएको छैन । पालिका तथा जिल्लास्तरमा भने गुटगत रुपमा विभाजन हुने देखिएको छ ।

एमालेका सबै वडा र स्थानीय कमिटी सर्वसम्म बनाउन र गुटगत रुपमा काखा र पाखा नगर्न नेताहरुलाई निर्देशन दिइएको एमाले केन्द्रीय सदस्य तथा सांसद यज्ञराज सुनुवारले बताउनुभयो । उहाँले पार्टी बनाउने सन्दर्भमा अनुचित खालको गुटलाई निषेध गरिने उहाँको भनाइ छ ।