सुर्खेत – सुर्खेतको वीरेन्द्रनगरमा बम विस्पोट हुँदा दुई जना घाइते भएका छन् । वीरेन्द्रनगर नगरपालिका-७ स्थित कट्कुवा सामुदायिक वनमा शनिबार बिहान पौने ११ बजे बम विस्फोट भएको हो ।
विस्फोटमा परी घाँस काट्न गएका दुई जना घाइते भएका हुन् । घाइते हुनेमा दैलेखको गुराँस गाउँपालिका-६ की २१ वर्षीया लिला नेपाली र उनका भाइ १४ वर्षका नरेश परियार रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं डीएसपी रामप्रसाद घर्तीले जानकारी दिनुभयो ।
‘बम कस्ले राख्यो, कसरी बिस्पोट भयो भन्ने बारे अनुसन्धान भइरहेको छ,’ डीएसपी घर्तीले बताउनुभयो । उहाँका अनुसार घाइतेहरुको स्थानीय देउती अस्पताल सुर्खेतमा उपचार भैरहेको छ । घाइतेमध्ये एकजनाको अवस्था चिन्ताजनक रहेको अस्पतालले जनाएको छ ।
प्रतिक्रिया