पोखरा – नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन अन्तर्गत कास्कीका ७२ वटै वडामा वडा अधिवेशन शुरु भएका छन् । अधिकांश वडामा सर्वसम्मतको प्रयास गरिएको एमाले कास्कीका अध्यक्ष कृष्ण थापाले जानकारी दिनुभयो ।
‘सबैजसोमा सर्वसम्मत हुने बुझेका छौं । केहीमा चुनाव भएपनि आजै नतिजा आउँछ,’ उहाँले भन्नुभयो, ‘आन्तरिक प्रतिस्पर्धा स्वच्छ रुपमा हुनेछ ।’
निर्वाचन कमिटी कास्कीका अध्यक्ष टिकाराम पंनीले सबै वडामा मतदान अधिकृत खटाएर निर्वाचन प्रक्रिया शुरु गरेको बताउनुभयो । ‘उद्घाटन सत्र सबैमा एकै पटक भर्चुअल माध्यमबाट भएको छ । अहिले बन्दसत्र चलिरहेको छ,’ उहाँले भन्नुभयो । सर्वसम्मतको प्रयास गरिरहनुभएको छ ।’
कास्कीसहित गण्डकीका ७५९ वडामा पनि आजै अधिवेशन भइरहेको छ । गण्डकीको सबैभन्दा धेरै स्याङजामा ९७ वडा छन् भने सबैभन्दा कम मुस्ताङमा २५ वटा वडा छन् ।





प्रतिक्रिया