अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

चैत-वैशाखमा संघीय संसदको निर्वाचन हुनसक्छ : खड्का

चैत-वैशाखमा संघीय संसदको निर्वाचन हुनसक्छ : खड्का


विराटनगर- परराष्ट्रमन्त्री एवं काँग्रेस नेता डा.नारायण खड्काले देश अर्ली इलेक्सनमा जान सक्ने बताउनुभएको छ ।

विराटनगरमा आज सञ्चारकर्मीसँग कुरा गर्दै खड्काले सरकार चैत् वैशाखमा चुनाव गराउने मुडमा रहेको बताउनुभयो । ‘सत्ता गठबन्धन दलहरुबीच सल्लाह गर्छौं सहमती जुटेमा चैत बैशाखमा निर्वाचन हुन्छ’ खड्काले भन्नुभयो ‘अर्ली इलेकसन गराउने कुरामा सरकार तयारै छ ।’

यस अघि केपी शर्मा ओली प्रधानमन्त्री हुँदा दुई पटक अर्ली इलेक्सनको प्रयास भएको थियो । तर सर्वोच्च अदालतले उक्त प्रयासलाई विफल पारिदियो । विद्यमान संसदबाट कुनै पनि एजेण्डामा गहन छलफल हुन नसक्ने र देशलाई निकास दिन नसक्ने भएकोले यसलाई विघटन गरेर अर्ली इलेक्सनमा जाने प्रधानमन्त्री शेरबहादुर देउवाको तयारी छ ।