अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

एमाले काठमाडौं महानगर वडाका पदाधिकारी (सूचीसहित)

एमाले काठमाडौं महानगर वडाका पदाधिकारी (सूचीसहित)


काठमाडौं – देशभर एकैपटक शुरु भएको नेकपा एमालेको वडा अधिवेशनको परिणामहरु आउन थालेका छन् । काठमाडौं महानगर वडा नम्बर १० को अधिवेशनबाट लक्ष्मीनारायण महर्जन अध्यक्षमा चयन हुनुभएको छ । वडा नम्बर १० मा ३५ सदस्यीय वडा कमिटी बनेको छ ।

त्यस्तै कल्पना भुसाल उपाध्यक्ष र किशोर थापा सचिव चयन हुनुभएका छन् । विमला पौडेल र लिलाबहादुर भट्टराई उपसचिव चयन भएका हुन् ।

वडा नम्बर ११ मा ४१ सदस्यको कमिटी बनेको छ । जसमा अध्यक्ष योगेन्द्र श्रेष्ठ, उपाध्यक्षमा सुसान्त श्रेष्ठ र सचिवमा संजिवमान सिंह चयन हुनुभएका छन् । त्यस्तै उपसचिवमा प्रेमकुमारी राना र अनिता दाहाल चयन हुनुभएका हुन् ।

त्यसैगरी वडा नम्बर २९ मा ५१ सदस्यीय कमिटी बनेको छ । जसको अध्यक्षमा शिवराम राजवंशी, उपाध्यक्षमा खगेन्द्र पाठक र सचिवमा दिनेश मर्हजन चयन हुनुभएका छन् । दुईजना उपसचिवमा अम्बिका उप्रेती र हिमादेवी चुँडाल चयन हुनुभएका हुन् ।

त्यस्तै वडा नम्बर ३१ मा ५१ सदस्यीय बनेको छ । जसको अध्यक्षमा हुमादेवी आचार्य, उपाध्यक्षमा यमलाल गौतम र अध्क्षमा घनश्याम अछामी चयन हुनुभएका छन् । त्यस्तै उपसचिवमा अप्सरा खनाल र विनोद दाहाल चयन हुनुभएका छन् ।