चितवन – नेकपा एमाले भरतपुर महानगरपालिका वडा १० को अध्यक्षमा नहेन्द्र खड्का सर्वसम्मत चयन हुनुभएको छ । आज सम्पन्न वडा अधिवेशनबाट खड्काको अध्यक्षतामा ५१ सदस्सीय नयाँ कमिटी चयन गरेको हो ।
त्यस्तै कमिटीको उपाध्यक्षमा चन्द्र लामा, सचिवमा बद्री प्रसाद खनाल, उपसचिवमा विज्ञान पौडेल रहनुभएको छ । नेकपा एमालेको आज देशभर एकसाथ वडा अधिवेशन भइरहेको छ । भरतपुर महानगरसहित चितवनका अन्य पालिकाको वडा अधिवेशन पनि जारीरहेको छ ।
प्रतिक्रिया