अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

एमालेका विभिन्न कमिटीमा अधिवेशन

एमालेका विभिन्न कमिटीमा अधिवेशन


काठमाडौं-नेकपा (एमाले) उपत्यका विशेष प्रदेश कमिटी अन्तर्गतका चार विशेष जिल्ला कमिटी इलाका र शाखा अधिवेशनमा जुटेका छन् । सो प्रदेश कमिटीअन्तर्गत पेसागत, मजदुर, उद्योगी व्यवसायी र युवा विद्यार्थी विशेष गरी चार कमिटी रहेका छन् । शाखा अधिवेशन आजदेखि शुरु भएको छ भने इलाका अधिवेशन यही कात्तिक ९ गते हुनेछ ।

सो प्रदेश कमिटीका अध्यक्ष सुजिता शाक्यका अनुसार पेशागत विशेष जिल्ला कमिटीअन्तर्गत ७६ शाखा कमिटी तथा १६ इलाका तथा युवा विद्यार्थी विशेष जिल्ला कमिटीअन्तर्गत ३५ शाखा तथा १२ इलाका कमिटीको अधिवेशन हुनेछ ।

यस्तै उद्योगी व्यवसायी विशेष जिल्ला कमिटीअन्तर्गत ११ शाखा अधिवेशन तथा दुई इलाका कमिटीको अधिवेशन हुनेछ । पर्यटन इलाका तथा शैक्षिक परामर्श व्यवसायी शाखा अधिवेशन सम्पन्न भइसकेको छ । मजदुर विशेष जिल्ला कमिटीअन्तर्गत ४० शाखा ११ इलाका कमिटीको अधिवेशन हुनेछ । एमालेको केन्द्रीय कार्यतालिकाबमोजिम आज देशभर वडा अधिवेशन भएका छन् ।