काठमाडौं, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा आउनुभएको छ । झापा र मोरङमा आयोजना हुने विभिन्न कार्यक्रमहरुलाई सम्बोधन गर्न आउनुभएका ओली अहिले बुवा भेट्न पृथ्वीनगर आउनुभएको छ ।
सचिवालय सदस्य एवं ओलीका संसद प्रतिनिधि होमबहादुर थापाका अनुसार अध्यक्ष ओलीले आज विर्तामोडमा माओवादीबाट सयौं कार्यकर्ता एमालेमा प्रवेश गराउँदै हुनुहुन्छ । दिउँसो १२ बजे साई पार्टी प्यालेसमा हुने कार्यक्रममा माओवादी परित्याग गरी ठूलो संख्यामा कार्यकर्ताहरु एमाले प्रवेश गर्दैछन् ।
यसैगरी आजै धुलाबारीमा आयोजना हुने कार्यकर्ता भेटघाटलाई पनि अध्यक्ष ओलीले सम्बोधन गर्नुहुने जिल्ला अध्यक्ष चिन्तन पाठकले जानकारी दिनुभयो ।










प्रतिक्रिया