अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले वडा अधिवेशन :  तेह्रथुममा ४३ मध्ये १८ वडामा सर्वसम्मत

एमाले वडा अधिवेशन :  तेह्रथुममा ४३ मध्ये १८ वडामा सर्वसम्मत


तेह्रथुम – तेह्रथुममा ४३ मध्ये १८ वटा वडामा एमाले तेह्रथुमको वडा अधिवेशनले सर्वसम्मत नेतृत्व चयन गरेको छ ।

शनिबार सम्पन्न वडा अधिवेशनले जिल्लाको ६ वटा स्थानीय तहमध्ये म्याङलुङ नगरपालिकामा सात, छथर गाउँपालिकामा एक, लालिगुराँस नगरपालिकामा एक, फेदाप गाउँपालिकामा दुई, मेन्छ्यायेम गाउँपालिकामा पाँच र आठराई गाउँपालिकामा दुई वटा वडामासर्वसम्मत नयाँ नेतृत्व चयन भएको जिल्ला कमिटी सदस्य तथा कार्यालय सदस्य प्रेमराज फोम्बोले जानकारी दिनुभयो ।

आसन्न दशौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत शनिबारदेखि वडा अधिवेशन सुरु भएको एमाले तेह्रथुमका प्रचार विभाग प्रमुख छत्र रिमालले बताउनुभयो । शनिबारदेखि सुरु भएको अधिवेशन आगामी २४ कात्तिकमा सम्पन्न हुने भएको छ । तेह्रथुमका पालिका अधिवेशन भने २७ कात्तिकबाट सुरु हुने एमाले तेह्रथुमले जनाएको छ ।