अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संविधानसभा सदस्य हिराबहादुर केसीद्वारा नेकपा एसको अनुशासन आयोग सदस्य अस्वीकार

संविधानसभा सदस्य हिराबहादुर केसीद्वारा नेकपा एसको अनुशासन आयोग सदस्य अस्वीकार


काठमाडौं- नेकपा एकीकृत समाजवादीका केन्द्रीय अनुशासन आयोग सदस्य हिराबहादुर केसीले सो पद अस्वीकार गर्नुहुँदै एमालेमै रहेको प्रष्ट पार्नुभएको छ ।

प्युठानबाट २०७० मा संविधानसभा सदस्य समेत निर्वाचित हुनुभएका केसीले आइतवार प्रेस विज्ञप्ति जारी गर्दै आफू एमालेमै रहने बताउनुभएको हो ।

एमाले स्थायी कमिटी सदस्य मणी थापा र केन्द्रीय सदस्य सुर्य थापासहित केन्द्रीय कार्यालय पुगेका केसीले पार्टी महासचिव ईश्वर पोखरेलसहितका नेताहरुसँग भेट गरेर नेकपा एसमा नलागेको प्रष्ट पार्नुभएको छ ।

२०७० को संविधानसभा निर्वाचनमा प्युठानबाट वामदेव गौतम र हिरा केसी एमालेको उम्मेदवार भएर निर्वाचित हुनुभएको थियो । केसीलाई नेकपा एसले अनुशासन आयोगमा राखेको थियो । यसअघि नेकपा एसका केन्द्रीय सल्लाहकार तथा प्युठानका पुराना नेता शोभाराम भण्डारी पनि एमालेमै फर्किनुभएको थियो ।