झापा – एमाले अध्यक्ष केपी ओलीलाई फेरि प्रधानमन्त्री बन्न उहाँका बुबा मोहन ओलीले आशिर्वाद दिनुभएको छ ।
आइतबार तीन दिने भ्रमणका लागि गृहजिल्ला झापा आइपुग्नुभएका ओलीलाई बुबा मोहनले प्रधानमन्त्री बन्न आशिर्वाद दिनुभएको हो । घर आइपुगेका छोरा केपी ओलीलाई आशिर्वाद दिँदै बुबा मोहनले भन्नुभयो, ‘केपी ओली फेरि प्रधानमन्त्री बन्ने योग छ । मेरो आशीर्वाद पनि छ । प्रधानमन्त्री भएपछि अब ५ वर्षलाई हुन्छ । फागुनपछि हुने योग छ । एकदम राम्रो योग छ । सफल होस् मेरो शुभकामना छ ।’
काठमाडौं एक्लै घुम्न जान नपाइने भएकाले आफूलाई झापा नै मनपर्ने भन्नुहुँदै मोहनले झापामा औषधि उपचारमा सहयोग गर्न पाइने बताउनुभयो ।
‘म काठमाडौ जान्नँ । उता घुम्न पाइन्नँ । घरभित्रै थुनिनुपर्छ । यहाँ घुम्न पाइन्छ । ओखती उपचारमा सहयोग गर्नुपर्छ । छोरासँग बेला-बेला फोनमा कुरा हुन्छ । काठमाडौं बोलाउँछ । तर, मलाई यहीं ठीक लाग्छ । यता एक्लै डुल्न पाइन्छ । उता निस्किन पनि पाइँदैन’, ९३ वर्षीय मोहनले भन्नुभयो ।
झापाको भद्रपुर–१ मा बुबा तथा पारिवारिक सदस्यलाई भेट्न ओली पुग्नुभएको हो ।





प्रतिक्रिया