काठमाडौं – व्यवसायी दुर्गा प्रसाई औपचारिक रुपमा आजबाट एमालेमा प्रवेश गर्नुभएको छ । झापामा आयोजित पार्टी प्रवेश कार्यक्रममा उहाँसहित पाँचसय जना एमालेमा प्रवेश गरेका हुन् । सो कार्यक्रममा संयोजन पनि प्रसाईले नै गर्नुभएको थियो ।
प्रसाई यसअघि माओवादीमा हुनुहुन्थ्यो । उहाँ माओवादी अध्यक्ष पुष्पकमल दाहाल निकटस्था मानिन्थे । तर, नेपाल कम्युनिष्ट पार्टीमा आउनुभएको विवाद र विभाजनसँग उहाँले कित्ता फेर्दै ओलीसँग निकट बढाउनु भएको हो । हालै गोदावरीमा भएको एमालेको विधान महाधिवेसनमा प्रसाई सहभागी हुनुभएको थियो । यद्यपि, औपचारिक तवरले चाहिं आजबाट उहाँ ‘एमाले नेता’ बन्नुभएको छ ।





प्रतिक्रिया