काठमाडौं– नेपाल प्रहरीका पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल एमाले प्रवेश गर्ने हुनुभएको छ । नेकपा एमालेका शिर्ष नेताहरुसँग छलफलपछि खनाल पार्टी प्रवेश गर्ने निश्चित भएको हो ।
एमाले गण्डकी प्रदेशका इन्चार्ज किरण गुरुङले पूर्व आईजीपी खनाल एमाले प्रवेश गर्न लागेका पुष्टि गर्नुभयो । केही दिन अघि काठमाडौंमा आफैले खनालसँग कुराकानी गरेको जानकारी दिँदै एमाले स्थायी समिति सदस्य समेत रहेका गुरुङले निकट भविष्यमै एक कार्यक्रमकाबीच खनाललाई पार्टी सदस्यता दिने बताउनुभयो ।
तनहुँ जिल्लामा जन्मघर भएका खनाल तनहुँकै भूगोलबाट राजनीति गर्ने गरी एमाले प्रवेश गर्न थालेको बताइएको छ ।





प्रतिक्रिया