अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

म एमालेमै छु, अरु साथीहरु पनि कसैको प्रलोभनमा नपर्नुस् : सुब्बा लामा

म एमालेमै छु, अरु साथीहरु पनि कसैको प्रलोभनमा नपर्नुस् : सुब्बा लामा


काठमाडौँ- नेकपा एकीकृत समाजवादीले सल्लाहकार समितिमा राखेका रसुवाका नेता सुब्बा लामाले आफू एमालेमै रहेको प्रष्ट पार्नुभएको छ । उहाँले विज्ञप्ति जारी गर्नुहुँदै एमालेमै रहेको र अरु साथीहरुलाई पनि कसैको कुनै प्रलोभनमा नपरी एमालेमै एकतावद्ध हुन आग्रह गर्नुभएको छ ।

लामाले नेकपा एसको नाममा नबेचिन अन्य नेता कार्यकर्तामा अपिल समेत गर्नुभएको छ । विभिन्न प्रलोभवनमा पारी केही नेता कार्यकर्ताको नाम बेचेको सुनेको भन्नुहुँदै, आगामी दिनमा कोही पनि एमालेको विरूद्धमा हुने गतिविधिमा सहभागी नहुन सचेत गराउनुभएको छ ।

लामा २०५६ सालमा नेकपा एमालेका तर्फबाट रसुवामा प्रतिनिधिसभाको उम्मेदवार बन्नुभएको थियो । उहाँले आइतबार रसुवा एमालेका अध्यक्ष कर्नेल लामा समेतलाई साक्षी राखेर विज्ञप्ति जारी गर्नुभएको हो