बझाङ- बझाङको मष्टा गाउँपालिका वडा नम्बर १ कोटदेवलमा युवकको शव झुण्डिएको अवस्थामा फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी प्रमुख डिएसपी रुपक खड्काले बाजुराको गौमुल गाउँपालिका घर भएका १७ वर्षीय दीपेन्द्र रोकायाको शव फेला परेको जानकारी दिनुभएको हो ।
रोकाया असोज ११ गतेदेखि ससुराली बस्दै आउनुभएको थियो । रोकायाले शव घरभन्दा पर रुखमा झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । घटनास्थल पुगेर अनुसन्धान थालिएको डिएसपी खड्काले बताउनुभयो ।
प्रतिक्रिया