अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

हङकङबाट खोटाङ घुम्न आएका पत्रकार राईको लडेर मृत्यु

हङकङबाट खोटाङ घुम्न आएका पत्रकार राईको लडेर मृत्यु


काठमाडौं– हङकङबाट खोटाङ घुम्न आएका ५४ वर्षीय पत्रकार किसन राईको लडेर मृत्यु भएको छ ।

दिक्तेल–रूपाकोट–मझुवागढी नगरपालिका–८ बुवालुङस्थित पङ्खुखोलामा उहाँको शव भेटिएको हो । धरान नगरपालिका–१५ का बासिन्दा उहाँ पछिल्लो समय हङकङ बस्दै आउनुभएको थियो ।

शौच गर्न भनी निस्किएका राई आधा घण्टासम्म नआएपछि खोजतलास गर्दा राति दस बजेतिर मृत भेटिएको हो ।

 

नेपालमा घुमफिर गर्ने क्रममा राई पछिल्लो समय पुर्ख्यौली जिल्ला ओखलढुङ्गाबाट भोजपुर जाँदै हुनुहुन्थ्यो । परिवारका सदस्यहरूका अनुसार हालै मात्र नेपाल सरकारबाट पदक पाएका राई त्यही ग्रहण गर्ने क्रममा नेपाल आउनुभएको थियो ।

धरान स्थायी घर भएका राईले हङकङबाट करिब दुई दशकदेखि नेपाली भाषाको एभरेष्ट पत्रिका प्रकाशित गर्दै आउनुभएको छ ।