अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आगामी स्थानीय चुनावका विषयमा प्रधानमन्त्री र निर्वाचन आयोगका पदाधिकारीबीच छलफल

आगामी स्थानीय चुनावका विषयमा प्रधानमन्त्री र निर्वाचन आयोगका पदाधिकारीबीच छलफल


काठमाडौं – निर्वाचन आयोगका पदाधिकारीहरूले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेक छन् । आज दिउँसो भएको भेटमा आगामी स्थानीय चुनाव लगायतका विषयमा कुराकानी भएको स्रोतले जानकारी दिएको हो ।

प्रधानमन्त्री देउवासँग भेट गर्न प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाको नेतृत्वमा आयोगका पदाधिकारीहरू सिंहदरबार पुगेका छन् । पदाधिकारीहरूले चुनावका लागि भइरहेको तयारी र आयोगका आवश्यकताहरूबारे प्रधानमन्त्रीलाई ब्रिफिङ गरेका थिए ।

आगामी फागुनपछि स्थानीय तहका पदाधिकारीहरूको पदावधि समाप्त हुँदैछ । त्यसैगरी विभिन्न ठाउँमा उपचुनावहरू पनि गर्नुपर्ने स्थिति छ । यिनै सन्दर्भमा प्रधानमन्त्री र आयोगका पदाधिकारीबीच विश्लेषणात्मक छलफल भएको स्रोतले बतायो ।