अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रियसभा निर्वाचन छिट्टै गर्छौं :  प्रधानमन्त्री

राष्ट्रियसभा निर्वाचन छिट्टै गर्छौं :  प्रधानमन्त्री


काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रियसभा सदस्यको निर्वाचन मिति सरकारले छिट्टै तोक्ने बताउनुभएको छ ।

आज निर्वाचन आयोगका पदाधिकारीसँगको भेटमा उहाँले प्रतिनिधिसभा र प्रदेशसकाको रिक्त सदस्य चयनका लागि उपनिर्वाचनबारे सत्ता साझेदार दलहरुसँग छलफल गरी निश्कर्षमा पुग्ने बताउनुभएको हो ।

राष्ट्रियसभाका एक तिहाइ सदस्यको पदावधि आगामी फागुन २१ गते पूरा हुँदैछ । प्रधानमन्त्री र आयोग पदाधिकारीको भेटका क्रममा राष्ट्रियसभा सदस्य निर्वाचन, प्रतिनिधिसभा, प्रदेशसभाको उपनिर्वाचनबारे छलफल भएको निर्वाचन आयोगका प्रवक्ता यज्ञप्रसाद भट्टराईले जानकारी दिएनुभयो ।

त्यस्तै निर्वाचनसम्बन्धी कानुनको पुनरावलोकन, परिमार्जन तथा एकीकृत निर्वाचन कानून निर्माणका विषयमा पनि छलफल भएको उहाँले बताउनुभयो ।