अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पक्राउ परेका कार्यकर्ता रिहाइको माग गर्दै जनमत पार्टीको मोटरसाइकल जुलुस

पक्राउ परेका कार्यकर्ता रिहाइको माग गर्दै जनमत पार्टीको मोटरसाइकल जुलुस


जनकपुरधाम – खानेपानी तथा ढल व्यवस्थापन आयोजना जनकपुरका निमित्त प्रमुख राजेश कुश्वाहालाई दुव्र्यहार तथा हातपात गरेको आरोपमा पक्राउ परेका कार्यकर्ताको रिहाइको माग गर्दै सिके राउत नेतृत्वको जनमत पार्टीले सोमबार विरोध प्रदर्शन गरेको छ ।

जनमत पार्टीका कार्यकर्ताहरूले सोमवार दिउँसो १ बजे जनकपुरमा मोटरसाइकल जुलुशसहित नगर परिक्रमा गरेका छन् । ‘पक्राउ परेका कार्यकर्तालाई रिहा गर,’ भष्ट्रचारीलाई कारवाही गर’ लगायतका नारा लगाउँदै उनीहरूले प्रर्दशन गरेका छन् । प्रहरीले उक्त घटनामा संलग्न रहेको आरोपमा १७ जनामाथि मुद्दा चलाएको छ ।

यसैबीच, पक्राउ परेका कार्यकर्ताको रिहाइको  माग गर्दै जनमत पार्टीले चरणबद्ध आन्दोलनको घोषणा पनि गरेको छ । जनमत पार्टीको केन्द्रीय कार्यकारीणी समितिको बैठकले सोमबारदेखि १६ कात्तिकसम्म चरणबद्ध आन्दोलनको घोषणा गरिएको छ ।