अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

उदयपुरमा ५३ किलो गाँजासहित एक जना पक्राउ

उदयपुरमा ५३ किलो गाँजासहित एक जना पक्राउ


उदयपुर – जिल्ला प्रहरी कार्यालय उदयपुरले अवैध लागूऔषध नियन्त्रण अभियानअन्तर्गत सोमबार ५३ किलो गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय कटारी उदयपुरबाट खटिएको टोलीले कटारी नगरपालिका–६ स्थित भोर्ले जंगलबाट गाँजा बोकेर हिँडिरहेका एक युवालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा कटारी नगरपालिका–९ सोरुङछबिसेका २० वर्षीय प्रेम परियार रहेका छन् ।

परियारलाई तीन बोरामा ५३ किलो गाँजासहित प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिनुभयो । परियारलाई पक्राउ गरेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।