काठमाडौं- नेकपा (एमाले) काठमाडौं जिल्लाअन्तर्गत टोखा नगर कमिटीको अधिवेशन पनि शुरू भएको छ । अधिवेशनको उद्घाटन एमाले महासचिव ईश्वर पोखरेलले गर्नुभयो ।
आसन्न १० औं महाधिवेशनअन्तर्गत आज हुन गइरहेको देशव्यापी पालिका अधिवेशनको अध्यक्ष केपी शर्मा ओलीले दिउँसो १ बजे भर्चुअल माध्यमबाट गर्ने भए पनि काठमाडौं महानगर कमिटीको अधिवेशन शुरू भएको हो ।
अधिवेशन उद्घाटनपछि पोखरेलले ‘पार्टीलाई आधारभूत तहदेखि नै सुदृढ गर्ने यो महाअभियानमा उत्साहपूर्वक जुट्न’ अनुरोध गर्नुभएको छ ।
पालिका अधिवेशनबाट चयन हुने नेतृत्व आगामी चैतमा हुने स्थानीय तहको निर्वाचनमा प्रतिस्पर्धी पनि हुने भएकाले यसलाई निकै अर्थपूर्ण रूपमा हेरिएको ।





प्रतिक्रिया