अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सभामुख न्यायाधीश बने : ओली

सभामुख न्यायाधीश बने : ओली


काठमाडौं – एमाले अध्यक्ष केपी ओलीले सभामुख अग्निप्रसाद सापकोटाको भूमिकाप्रति गम्भीर प्रश्न उठाउनुभएको छ ।

मंगलबार एकैपटक ७५३ वटै स्थानीय तहमा एमालेको पालिका अधिवेशन उद्घाटन गर्नुहुँदै अध्यक्ष ओलीले सभामुख सापकोटा एमालेविरुद्ध लागेको र सोहीअनुसार भूमिका निभाएको आरोप लगाउनुभयो ।

एमालेले आफ्ना ११ जना सांसदमाथि कारबाही गरेको जानकारी दिँदा पनि आफैँ न्यायाधीश बनेर सभामुख सापकोटाले निष्कासनको सूचना जारी नगरेको ओलीको भनाइ छ ।

सभामुख निष्पक्ष बन्न नसक्दा व्यवस्थापिका राम्रोसँग चल्न नसकेको भन्दै उहाँले विवादित व्यक्तिले राजीनामा दिनुपर्ने बताउनुभयो ।