अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

तीन तहकै निर्वाचनको तयारी थाल्न नेता कार्यकर्तालाई अध्यक्ष ओलीको निर्देशन

तीन तहकै निर्वाचनको तयारी थाल्न नेता कार्यकर्तालाई अध्यक्ष ओलीको निर्देशन


काठमाडौं – एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीले अब मुलुक तीन तहकै निर्वाचनतर्फ जाने भन्नुहुँदै आफ्ना नेता तथा कार्यकर्तालाई तयारी रहन निर्देशन दिनुभएको छ ।

आज एकैपटक देशभरका ७५३ वटै स्थानीय तहमा एमालेको पालिका र इलाका अधिवेशन केन्द्रीय कार्यालयबाट जुममार्फत उद्घाटन गर्नुहुँदै अध्यक्ष ओलीले केन्द्रीय, प्रादेशिक र स्थानीय तहको निर्वाचन गर्ने गरी मुलुकअघि बढ्ने भन्नुहुँदै नेता तथा कार्यकर्तालाई तयारी रहन निर्देशन दिनु भएको हो ।

यद्यपि, मिति र समय भने अहिले नै तय भइनसकेको भन्दै उहाँले अब मुलुक निर्वाचनतर्फ अघि बढ्ने बताउनुभयो ।

कानूनको गलत प्रयोगबाट एमालेका हरेक नेता कार्यकर्तामाथि पीडा दिएको बताउनुभएका ओलीले एमालेले आफ्ना नेता तथा कार्यकर्तालाई अनुशासनमा राख्नसमेत नदिने गरी आदेशहरू जारी भएको टिप्पणी गर्नुभयो ।