काठमाडौं – एमाले अध्यक्ष केपी ओलीले अब एमालेलाई पूर्ण लोकतान्त्रिक पार्टी बनाउनुपर्नेमा जोड दिनुभएको छ ।
आज एकैपटक देशभरका ७५३ वटै स्थानीय तहमा एमालेको पालिका र इलाका अधिवेशन केन्द्रीय कार्यालयबाट जुममार्फत उद्घाटन गर्नुहुँदै अध्यक्ष ओलीले एमालेभित्र लामो समयसम्म अराजक र अनुशासनहीन रहेको र अहिले सो समूह बाहिरिएको आरोप लगाउनुभयो ।
पार्टीलाई बद्नाम गराउने, आन्तरिक कुरा लगेर बाहिर छताछुल्ल बनाउने, पार्टीको प्रभावलाई कम गराउने कार्यलाई मान्य नहुने भन्दै उहाँले स्वस्छ प्रतिस्पर्धासहित लोकतान्त्रिक आचारण एमालेमा रहने विश्वास दिलाउने प्रयास गर्नुभयो ।
एमालेको एकता र सर्वसम्मतिले विधान महाधिवेशन हुँदा एमालेमा किन विवाद भएन भनेर चर्चा भएको भन्नुहुँदै उहाँले विरोधीको चाहनाअनुसार एमाले नचल्ने बताउनुभयो ।
विरोधीको चाहनामा चिसोपानी खन्याउने भन्नुहुँदै उहाँले देश र जनताको चाहनाअनुसार पार्टी चल्ने उल्लेख गर्नुभयो ।





प्रतिक्रिया