अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बैतडीका चार वडामा एमालेको अधिवेशन सम्पन्न, १२ कात्तिकसम्म सबैमा सकिने

बैतडीका चार वडामा एमालेको अधिवेशन सम्पन्न, १२ कात्तिकसम्म सबैमा सकिने


बैतडी – नेकपा एमाले बैतडीले आजसम्म बैतडीका चार वडामा मात्रै अधिवेशन सम्पन्न गरेको छ । हिजो र आज गरी जिल्लाको दोगडाकेदार गाउँपालिकाका–४ वडाको अधिवेशन सम्पन्न गरिएको हो । अधिवेशन सम्पन्न भएका वडाहरूमा वडा नम्बर २, ३, ४ र वडा नम्बर ८ रहेका छन् ।

दोगडाकेदार–२ मा उमापति भट्टको अध्यक्षतामा ३१ सदस्यीय वडा कमिटि गठन गरिएको छ । यसैगरी वडा नम्बर ३ मा करनराम भुल, वडा नम्बर ४ मा तर्कराज भट्ट र वडा नम्बर ८ मा डम्बरबहादुर बिष्टको अध्यक्षतामा वडा कमिटिहरू बनाएको पार्टीका गाउँपालिका कमिटि अध्यक्ष काशिसिंह विष्टले बताउनुभयो । ३१ सदस्यीय उक्त वडा कमिटिहरूमा कम्तिमा १० जना महिलालाई समावेश गरिएको उनले बताउनुभयो । ८ वडा रहेको दोगडाकेदार गाउँपालिकाको वडा नम्बर ५ र ७ मा भोलि अधिवेशन हुने बिष्टले बताउनुभयो ।

एमालेले देशभर एकै पटक ६ कात्तिकमा वडा अधिवेशन गर्ने भनिएकोमा बर्षाका कारण बाढी पहिरो प्रभावित जिल्लाहरूको वडा अधिवेशन सारिएको थियो ।

बैतडीका ८४ वडामध्ये बाँकी वडामा १२ कात्तिकमा अधिवेशन गरिने पार्टीको बैतडी जिल्ला सचिव तथा प्रदेशसभा सांसद लिलाधर भट्टले बताउनुभयो ।