अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

विराटनगरमा खुला सत्र सकेर महानगर कमिटीको अधिवेशन स्थगित

विराटनगरमा खुला सत्र सकेर महानगर कमिटीको अधिवेशन स्थगित


विराटनगर – नेकपा एमालेका अध्यक्ष केपी शर्माओलीले सोमबार साँझ मोरङमा अगुवा कार्यकर्ताहरूलाई पालिका अधिवेशनमा चुनाव नगर्न निर्देशन दिनुभयो । माधव नेपाल पार्टी छाडेर गएपछि गुटको अन्त्य भएकाले सबैलाई मिलाएर लैजान पनि उहाँले निर्देशन दिनुभएको हो ।

पत्रकारलाई जान प्रतिबन्ध गरिएको कार्यक्रममा ओलीले पालिकाको अधिवेशनमा चुनाव भए इतर समूह रमाउने समेत सहभागी एक नेताले बताउनुभयो ।

नगर कमिटीको नेतृत्वका लागि दुई जना दाबेदार भएपछि मिलाउनका लागि स्थगित गरिएको अधिवेशनमा खटिएका एमालेका नेताहरूले बताएका छन् । नेतृत्वका लागि महानगर कमिटी अध्यक्ष सागर थापा र प्रदेश कमिटी सदस्य पर्शुराम बस्नेत मैदानमा उत्रिनु भएको छ ।

यस्तै, सचिवमा राधेश्याम कट्टेल र रोहित कोइराला मैदानमा उत्रिएर भोट मागिरहनु भएको छ । यसअघि जिल्ला कमिटी मोरङको सचिवालय सदस्य रहेका बस्नेतलाई विधान अधिवेशनमा सहभागी गराउनका लागि प्रदेश कमिटी सदस्य बनाइएको थियो । उहाँ प्रदेश खेलकुद समिति सदस्य सचिव पनि हुनुहुन्छ ।

थापा भने नेकपा हुँदासमेत अध्यक्ष नै रहनुभएको थियो भने अहिले पनि उहाँ अध्यक्ष नै नुहुन्छ । एमालेका जिल्ला तहका नेतादेखि प्रदेश तहका नेताहरू भने चुनावी प्रक्रियामा नगई नेतृत्व टुंग्याउन लागिपरेका छन् । प्रदेश कमिटी सचिव विनोद ढकालले यसको नेतृत्व गरिरहनु भएको छ ।

महानगर अधिवेशनको उद्घाटन गर्दै एमालेका स्थायी कमिटी सदस्य शंकर पोख्रेलले पदका भोकाहरूले पार्टी फुटाए पनि त्यसको असर नदेखिएको दाबी गर्नुभयो । माधव नेपाल अलग्गिएसँगै गुटको अन्त्य भएको भन्दै उहाँले अब गुटको राजनीति गर्ने छुट कसैलाई नभएको बताउनुभयो ।