अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

नेकपा एसका केन्द्रीय सल्लाहकार सदस्य ढकाल एमालेमै

नेकपा एसका केन्द्रीय सल्लाहकार सदस्य ढकाल एमालेमै


बुटवल – नेकपा एकीकृत समाजवादीका केन्द्रीय सल्लाहकार सदस्य नन्दीकेशर ढकाल एमालेमै फर्किनुभएको छ ।

मंगलबार एमाले बुटवल उपमहानगर कमिटीको प्रथम अधिवेशनमा सहभागी हुँदै उहाँले समाजवादी छोड्नुभएको हो । उहाँलाई एमालेमा पार्टीका उपमहासचिव विष्णु पौडेलले स्वागत गर्नुभएको थियो ।

अधिवेशनअघि ढकालले उपमहासचिव पौडेलसँग छलफल गर्नुभएको थियो । छलफलपछि उहाँ मूल पार्टीमै फर्किएर अधिवेशनमा सहभागिता जनाउनुभएको हो । ढकाल रुपन्देहीमा एमालेका पुराना नेताको रूपमा चिनिनुहुन्छ ।