अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

एमाले पालिका अधिवेशन : कास्कीको अन्नपूर्णमा पाँच जनाको उम्मेदवारी

एमाले पालिका अधिवेशन : कास्कीको अन्नपूर्णमा पाँच जनाको उम्मेदवारी


पोखरा – पालिका अधिवेशनअन्तर्गत कास्कीको अन्नपूर्ण गाउँपालिकामा मनोनयन सकिएको छ । तोकिएको समयभित्र पाँच जनाले अध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन् ।

गाउँपालिका उपाध्यक्ष सगुन गुरुङ, वडाध्यक्ष चन्द्रबहादुर गुरुङ, नेताहरू सोमनाथ पौडेल, गौरी सुवेदी र विवेक देवकोटाले मनोनयन दर्ता गर्नुभएको छ । मनोनयनपछि दाबेदारहरू बीच छलफल थालिएको छ ।

‘पार्टीले चुनाव गराउनै हुन्न भनेको छ । निर्देशन अनुसार सहमतिमै नेतृत्व टुंग्याउने हो,’ एक नेताले भन्नुभयो, ‘नत्र मतदाता सबै हुनुहुन्छ, केहिबेरमा मतदान सुरु हुन्छ ।’