अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

एमाले दिक्तेल रुपाकोट मझुवागढी अध्यक्षमा आचार्य

एमाले दिक्तेल रुपाकोट मझुवागढी अध्यक्षमा आचार्य


खोटाङ – खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा नेकपा एमालेको नगर कमिटी अध्यक्षमा गोपालचन्द्र आचार्य चयन हुनुभएको छ । १५ वडा मंगलबार रहेको नगरपालिकामा सम्पन्न नगर अधिवेशनबाट ३३ वर्षीय आचार्य एमालेको नगर कमिटी अध्यक्षमा सर्वसम्मत अध्यक्ष हुनुभएको हो ।

७५ सदस्यीय नगर कमिटीको उपाध्यक्षमा मनीचन्द्र राई, सचिवमा चित्रकुमार राई, उपसचिवमा लीला चौहान र बिनोद खड्का चयन हुनुभएका छन् ।

नवनिर्वाचित अध्यक्ष आचार्य स्थानीय तह कार्यान्वयन पछिको पहिलो नगर अधिवेशनबाट पनि अध्यक्ष बनेका बन्नुभएको थियो । २०५६ सालमा पञ्च मावि दिक्तेलमा अखिल क्रान्तिकारीको सदस्य बनेर राजनीति थालेका आचार्य २०६७ सालमा एमाले प्रवेश गर्नुभएको थियो । उहाँले युवा संघको जिल्ला सचिव, तत्कालीन दिक्तेल गाविसको एमाले अध्यक्षलगायतका भूमिका निर्वाह गरिसक्नुभएको छ  ।

पार्टीको नीति अनुसार संगठनलाई मजवुद बनाउने र सबै वडामा पार्टीलाई पहिलो बनाउने नवनिर्वाचित अध्यक्ष आचार्यले बताउनुभयो ।