अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

झापाका १५ मध्ये दुई पालिकामा सर्वसम्मत नेतृत्व,१३ वटामा सहमतिको प्रयास जारी

झापाका १५ मध्ये दुई पालिकामा सर्वसम्मत नेतृत्व,१३ वटामा सहमतिको प्रयास जारी


दमक – नेकपा एमालेको मंगलबार सम्पन्न अधिवेशनबाट झापाका १५ स्थानीय तहमध्ये दुई वटा पालिकाले मात्रै नेतृत्व चयन भएको छ ।

पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर दमक नगरपालिका र उहाँकै निर्वाचन क्षेत्रको अर्को गाउँपालिका कमलमा सर्वसम्मत नेतृत्व चयन भएको नेकपा एमाले झापाका कार्यालय सचिव शिव ढुंगेलले जानकारी दिनुभयो।

ढुंगेलका अनुसार दमक नगरपालिकामा गेहनाथ पोखरेल नेकपा एमालेको दमक नगरपालिका नगर कमिटी अध्यक्षमा सर्वसम्मत चयन भएका छन्। यस्तै सचिव पदमा पनि सर्वसम्मत रूपमा इन्द्र गुरुङ चयन भएका छन्।

दमक नगर कमिटीको उपाध्यक्ष र दुई वटा उपसचिव पदमा सर्वसम्मत चयन गर्ने प्रयास जारी छ। यस्तै कमल गाउँपालिकामा प्रेम बहादुर पोखरेलको अध्यक्षतामा सर्वसम्मत नेतृत्व चयन भएको छ । उपाध्यक्षमा पिपि राई, सचिवमा हरि ढकाल, उपसचिवमा चन्द्रकला ढकाल र विरेन्द्र अधिकारी चयन भएको ढुङगेलले जानकारी दिनुभयो ।