अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

एमाले खोटाङको ऐसेलुखर्क गाउँपालिका अध्यक्षमा राजभण्डारी

एमाले खोटाङको ऐसेलुखर्क गाउँपालिका अध्यक्षमा राजभण्डारी


खोटाङ- ऐसेलुखर्क गाउँपालिकाको एमाले पालिका अध्यक्षमा टेकेन्द्र राजभण्डारी चयन हुनुभएको छ । यसैगरी पालिका कमिटीको उपाध्यक्षमा अरुण राई, सचिवमा माधव राई, उपसचिवमा सविन राई र बालकुमार राई चयन हुनुभएको छ ।

२०५२ सालमा अनेरास्ववियुको त्रिभुवन मावि ऐसेलुखर्कको सचिवबाट राजनीति थालेका राजभण्डारी २०६८ सालमा ऐसेलुखर्क गाउँ कमिटी अध्यक्ष, इलाका कमिटी सचिव हुँदै नेकपा हुँदा पालिका कमिटीको कार्यालय सचिव बन्नुभएको थियो ।

काठमाडौं बसिरहेका बेला २०६२/६२ सालको जनआन्दोलनमा सशक्त सहभागिता जनाएका राजभण्डारीले संगठनलाई चुस्त दुरुस्त बनाउँदै आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीलाई पहिलो बनाउने प्रतिक्रिया दिनुभयो ।

दुई नगरपालिका र आठ गाउँपालिका रहेको खोटाङका अन्य पालिका अधिवेशनको बन्दसत्र जारी रहेको एमाले जिल्ला अध्यक्ष रामप्रसाद दंगालले बताउनुभयो । पालिका अधिवेशनले जिल्लाका ७५० नेताले नयाँ जिम्मेवारी पाउने भएका छन् । एमालेको पालिका अधिवेशनबाट पदाधिकारीसहित ७५ सदस्यीय पालिका कमिटी गठन हुने व्यवस्था छ ।