अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

दुई महिला सहित वीरेन्द्रनगरका सबै वडामा सर्वसम्मत अध्यक्ष चयन

दुई महिला सहित वीरेन्द्रनगरका सबै वडामा सर्वसम्मत अध्यक्ष चयन


सुर्खेत -आन्तरिक कारणले निर्धारित समयमा हुन नसकेको विरेन्द्रनगर एमालेको वडा अधिवेशनमा सर्वसहमतीले नेतृत्व चयन भएको छ । नगरपालिकाका १६ वटै वडाहरुमा आज भएको वडा अधिवेशनमा सर्वसम्मत नेतृत्व चयन भएको एमाले सुर्खेतले जनाएको छ ।

सो पार्टीले जनाए अनुसार वडा नं १ को अध्यक्षमा हरि पौडेल, वडा नं २ को अध्यक्षमा लालसिंह सुनार, वडा नं ३ को अध्यक्षमा विनोदसिंह विष्ट , र वडा नं ४ को अध्यक्षमा नवराज कंडेल सर्वसम्मत चयन हुनु भएको छ ।

यस्तै वडा नं ५ को अध्यक्षमा बासु आचार्य, वडा नं ६ को अध्यक्षमा चक्र खड्का , वडा नं ७ को अध्यक्षमा खड्क बहादुर दर्लामी र वडा नं ८ को अध्यक्षमा देवी पौडेल अध्यक्ष हुनुभएको छ ।

वडा नं ९ को अध्यक्षमा धन बहादुर सलामी , वडा नं १० अध्यक्षमा लक्ष्मी शाही र वडा नं ११ को अध्यक्षमा मा रविन्द्र रेग्मी , वडा नं १२ को अध्यक्षमा चुडामणी चपाई , वडा नं १३ को अध्यक्षमा बासुदेव पौडेल , वडा नं १४ को अध्यक्षमा नवराज रोकाय , वडा नं १५ को अध्यक्षमा हिक्मत वली र वडा नं १६ को अध्यक्षमा भुपेन्द्र ज्ञवाली सर्वसम्मत चयन हुनुभएको एमाले सुर्खेतले जानकारी दिएको छ ।