अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले पालिका अधिवेशन : यस्तो छ पाल्पाका आठ स्थानीय तहका नेतृत्व

एमाले पालिका अधिवेशन : यस्तो छ पाल्पाका आठ स्थानीय तहका नेतृत्व


पाल्पा – नेकपा एमालेको प्रथम पालिका अधिवेशनले विभिन्न पालिकामा नयाँ नेतृत्व पाएको छ । दुई नगर पालिका र आठ गाउँपालिकामा भएको अधिवेशनले उत्साहाजन रूपमा नेतृत्व पाएको हो । अधिवेशनले अधिकांश स्थानीय तहमा युवाको नेतृत्व आएको छ ।

१. तानसेन नगर कमिटी

अध्यक्ष : गुराँस आत्रेय

उपाध्यक्ष : शशी श्रेष्ठ

सचिव : महेशलाल शाक्य सहित ७४ सदस्य नगर कमिटी गठन गरेको छ ।

२. तिनाउ गाउँ कमिटी

अध्यक्ष : प्रेम श्रेष्ठ

उपाध्यक्ष : रोमबहादुर लम्तरी

सचिव : यादव अर्यालसहितको ७५ सदस्यीय गाउँ कमिटी चयन गरेको छ ।

३. रम्भा गाउँ कमिटी

अध्यक्ष :  योगेन्द्र प्रसाद गैरे

उपाध्यक्ष : उमानसिंह सारु

सचिव : विजय रानाभाट

४. रैनादेवि छहरा गाउँ कमिटी

अध्यक्ष : रामप्रसाद ज्ञवाली

उपाध्यक्ष : दानबहादुर थामी

सचिव : मानबहादुर थामी सहितको ७५ सदस्यीय गाउँ कमिटी गठन गरेको छ ।

५. रिब्दीकोट गाउँपालिका

अध्यक्ष : आशिष विश्वकर्मा  

उपाध्यक्ष : भीम सारु

सचिव : दानबहादुर कुँवर

६. बगनासकाली गाउँ कमिटी

अध्यक्ष : हरि पाठक

उपाध्यक्ष : सरस्वती चिदी

सचिव : ओमप्रकाश गैरे

७. माथागढी गाउँ कमिटी

अध्यक्ष : तेज घर्तीमगर

उपाध्यक्ष : शेरबहादुर विक

सचिव : शंकर दर्लामी सहितको ६७ सदस्यीय गाउँ कमिटी चयन गरिएको छ ।

जिल्लाको पूर्वखोलामा जीवन आचार्य गाउँ कमिटी अध्यक्षमा निर्विरोध चयन भएको र अन्य पदाधिकारीमा सहमतिको प्रयास जारी रहेको छ ।

रामपुर र निस्दीमा सर्वसम्मत टुङ्गो लगाउने तयारी भइरहेको नेकपा एमाले पाल्पाका अध्यक्ष नारायणप्रसाद अचार्यले जानकारी दिए । जिल्लाका अन्य पालिकाको कमिटीमा पनि सहमतिको आधारमा नेतृत्व चयन गरेको जिल्ला अध्यक्ष आचार्यले बताउनुभयो ।