ओखलढुंगा- नेकपा (एमाले)को पालिका अधिवेशनमा ओखलढुंगामा पाँच तहमा नेतृत्व चयन भएको छ । आठमध्ये तीन तहमा भने बन्द सत्र चलिरहेको एमालेले जनाएको छ । ओखलढुंगामा एक नगरपालिकासहित आठ स्थानीय तह छन् ।
पाँच तहका कमिटी सर्वसम्मत चयन गरिएको एमालेका जिल्ला सचिव शंकर कट्वालले जानकारी दिनुभयो । सदरमुकामसमेत रहेको सिद्धिरचण नगरपालिकामा अध्यक्ष मोहन केशी र सचिव कृष्ण कार्की चयन भएका छन् । चिशंखुगढीमा अध्यक्ष जीवन थापा र सचिव मानबहादुर बस्नेत, खिजीदेम्वामा अध्यक्ष कोपबहादुर सुनुवार र सचिव तिलक बहादुर सुनुवार चयन भएका छन् ।
मानेभञ्ज्याङ्ग गाउँपालिकामा अध्यक्ष चित्रकुमार तामाङ र सचिव उमेश कार्की, चम्पादेवीमा अध्यक्ष खेम मिश्र र सचिवमा नरहरी खड्का निर्वाचित भए ।
मोलुङ, सुनकोसी र लिखुमा नेतृत्व चयन भइसकेको छैन । मोलुङमा दुई प्यानलले उम्मेदवारी दर्ता गरेपछि सहमतिका लागि स्थगित गरिएको छ भने सुनकोसी र लिखुमा बन्द सत्र चलिरहेको एमालेले जनाएको छ ।







प्रतिक्रिया