अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

एकतावद्ध हुन मुख्यमन्त्री शाक्यको आग्रह

एकतावद्ध हुन मुख्यमन्त्री शाक्यको आग्रह


मकवानपुर – बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले एकतावद्ध भएर अघि बढ्नु नै आफ्नो पहिलो प्राथमिकता भएको बताएउनुभएको छ । उहाँले यसका लागि सबैले उत्तिकै पहल गर्नुपर्ने भन्दै सबैलाई एकतावद्ध हुन आव्हानसमेत गर्नुभएको छ ।

प्रदेशसभा बैठकमा आफूले पेस गरेको विश्वासको मतमाथि भएको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उहाँले लोकतान्त्रिक अधिकारका लागि आफूले लामो समयदेखि संघर्ष गर्दै आएको बताउनुभयो । संसदको गरिमा बचाउन संघीय लोकतान्त्रिक गणतन्त्र र संघीयता आवश्यक भएको उहाँको भनाइ छ । दुःख, कष्टका हिजोका दिन अहिले आफैलाई दन्त्य कथाजस्तो लाग्ने गरेको उल्लेख गर्दै उहाँले त्यो दुःख, त्याग खेर नजाओस् भन्ने कामना पनि गर्नुभएको छ ।

मुख्यमन्त्री शाक्य भन्नुहुन्छ, ‘हामी सामान्य नागरिक होइनौं, सार्वभौम नेपाली नागरिक हौं ।’ हाम्रै पालामा यत्रो राजनीतिक परिवर्तन भएको, प्रदेशसभाको नयाँ अनुभव गरिरहेको र समाजवाद उन्मुख संविधान आएको उहाँले बताउनुभयो । तर यही बेलामा कतै बाटो बिराउने त होइन भन्ने डर पनि लाग्न थालेको उहाँले बताउनुभयो । यो परिवर्तनमा हामी सबैको महत्त्वपूर्ण योगदान रहेको भन्दै उहाँले यसलाई जोगाउनका लागि पनि सबै मिल्न जरुरी रहेको औंल्याउनुभयो ।