गोरखा – नेकपा एमालेको १०औं महाधिवेशन अन्तर्गत जिल्लाको पालिका अधिवेशन सम्पन्न भएको छ । मंगलवार चुमनुव्री र शहिद लखन गाउँपालिका बाहेक अन्य पालिकामा अधिवेशन सम्पन्न भएको जनाएको छ ।
गोरखा नगरपालिकाको देवीबहादुर बस्नेत अध्यक्षमा चयन भएका छन् । त्यस्तै उपाध्यक्षमा राजेन्द्र तिवारी, सचिव शम्भु थापा, उपसचिव मान बहादुर राना र कृष्ण बहादुर बिक चयन भएका छन् ।
पालुङटार नगरपालिकाको अध्यक्षमा वसन्तकुमार श्रेष्ठ चयन भएका छन् । त्यस्तै उपाध्यक्षमा दिनेश अधिकारी, सचिवमा प्रकाश न्यौपाने र उपसचिवमा नारायण बराकोटी र राममाया राना सर्वसम्मत चयन भएको जिल्ला कमिटि सचिव कृष्ण नेपालीले बताउनुभयो ।
धार्चे गाउँपालिकाको सुकबहादुर घले अध्यक्षमा चयन भएका छन् । त्यस्तै उपाध्यक्षमा धन कुमार घले, सचिव राम गुरुङ र उपसचिवमा रमेश गुरुङ र बिर बहादुर गुरुङ चयन भएका छन् ।
त्यस्तै भीमसेन थापा गाउँपालिकाको अध्यक्षमा सुजन सिंखडा चयन भएका छन् । त्यसैगरी उपाध्यक्षमा नवराज पोखरेल, सचिव हरि सिंखडा र उपसचिवमा निल प्रसाद खनाल र कमला भट्ट चयन भएको जिल्ला कमिटि सचिव नेपालीले जानकारी दिनुभयो ।
गण्डकी गाउँपालिकाको अध्यक्षमा बिष्णु पन्त चयन भएका छन् । त्यस्तै उपाध्यक्षमा इन्द्रबहादुर बिक, सचिवमा भिमलाल श्रेष्ठ र उपसचिवमा लिला बहादुर पाण्डे र बिमला चेपाङ चयन भएका छन् ।
यसैगरी बारपाक सुलिकोट गाउँपालिकाको अध्यक्षमा हरिबहादुर बस्नेत चयन भएका छन् । उपाध्यक्षमा खेम घले, सचिवमा सुजन गुरुङ, उपसचिवमा हरि कुमार श्रेष्ठ रहेका छन् ।
अजिरकोट गाउँपालिकाको अध्यक्षमा लिलाबहादुर सुनार निर्वाचित हुनुभएको छ । त्यस्तै उपाध्यक्षमा सिंह बहादुर तामाङ, सचिव सर्मिला तामाङ, उपसचिवमा शेर बहादुर गुरुङ र कमल भट्ट चयन भएको पार्टीले जनाएको छ ।
सिरानचोक गाउँपालिकाको अध्यक्षमा बिराज गुरुङ चयन भएका छन् । मोहन शाही उपाध्यष, ज्ञानराज गुरुङ सचिव र शिव पोखरेल उपसचिवमा चयन भएको बताइएको छ ।
आरुघाट गाउँपालिकामा मेन बहादुर अधिकारी अध्यक्ष रहेको नया कमिटि गठन गरिएको छ । जसको उपाध्यक्षमा राजेन्द्र राना, सचिव सूर्य दाहाल, उपसचिवमा सिरबल बराम र प्रेम गुरुङ चयन भएका छन् ।
चुमनुव्री र शहिद लखन गाउँपालिकाको अधिवेशन केही दिन पश्चात गर्ने नेकपा एमाले गोरखाले जनाएको छ । उक्त पार्टीले कात्तिक ६ गते वडा अधिवेशन सम्पन्न गरेको थियो । कात्तिक २० देखि २५ भित्र राष्ट्रिय महाधिवेशन प्रतिनिधी छनोट गर्ने पार्टी जिल्ला कमिटि सचिव नेपालीले भने ।





प्रतिक्रिया