अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मोरङमा ९४ तोला चाँदीसहित एक पक्राउ

मोरङमा ९४ तोला चाँदीसहित एक पक्राउ


मोरङ- मोरङको रतुवामाई नगरपालिका–३ छालगाछीबाट ९४ तोला चाँदीसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही स्थानका ३० वर्षीय धर्वेन्द्र शर्मा रहेको प्रदेश नं १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ । महादेवाबाट खटिएको प्रहरी टोलीले बिल नभएको चाँदीको तार बनाइ ल्याइरहेको अवस्थामा शर्मालाई पक्रउ गरेको हो । चाँदीसहित आवश्यक कारबाहीका लागि उनलाई भन्सार कार्यालय विराटनगर पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।