अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रुकुमपूर्वका तीन पालिकामा एमालेको सर्वसम्मत नेतृत्व चयन

रुकुमपूर्वका तीन पालिकामा एमालेको सर्वसम्मत नेतृत्व चयन


सुर्खेत – नेकपा एमाले रुकुमपूर्वका तीन स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयन भएको छ ।

जिल्लाको सिस्ने गाउँपालिकामा हरिहर पौडेल अध्यक्ष, गणेश रेउले उपाध्यक्ष, देवीलाल गिरी सचिव, विष्णु देबकोटा र मान बहादुर खड्का उपसचिवमा चयन भएका छन् ।

त्यसैगरी भुमे गाउँपालिकामाको अध्यक्षमा कमानसिंह डाङी, उपाध्यक्षमा ताराप्रसाद पुन मगर, सचिवमा दलबहादुर बिक, उपसचिवमा दिपा सुनार र सिजन कुमार नेपाली चयन भएका हुन् ।

पुथा उत्तरगंगा गाउँपालिकामा मोहनभक्त बुढा मगर अध्यक्ष, साईधन बुढामगर उपाध्यक्ष, लक्ष्मण बुढा मगर सचिव पदमा चयन भएको एमाले रुकुमपूर्वले जनाएको छ ।