हेटौंडा- बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिएपछि नयाँ मुख्यमन्त्री चयनका लागि आह्वान गरिएको छ । मुख्यमन्त्री शाक्यले प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष राजिनामा बुझाउनुभएको हो ।
प्रदेश प्रमुख यादवचन्द्र शर्माले बिहीबार दिउँसो ३ बजेसम्म मुख्यमन्त्री पदमा दाबी गर्न आह्वान गर्नुभएको छ । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिनुभपछि प्रदेश प्रमुख शर्माले बहुमतको अर्को सरकार गठनका लागि आह्वान गर्नुभएको हो ।
प्रदेशसभामा पेश गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमा मतदान हुनुअघि नै मुख्यमन्त्री शाक्यले बुधबार प्रदेश प्रमुखसमक्ष राजीनामा दिनुभएको हो । प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता कृष्णप्रसाद आचार्यले जारी गर्नुभएको विज्ञप्तिमा नेपालको संविधानको धारा १६८ को उपधारा २ अनुसार प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमतप्राप्त प्रदेशसभा सदस्यलाई बिहीबार दिउँसो ३ बजेसम्म मुख्यम्त्रीमा दावी पेश गर्न आह्वान गरिएको छ ।
हेर्नुहोस् प्रदेश प्रमुखको कार्यालयले जारी गरेको विज्ञप्ति :








प्रतिक्रिया