अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बैतडीका थप दुई वडामा एमाले अधिवेशन सम्पन्न, अन्यमा १२ कात्तिकमा

बैतडीका थप दुई वडामा एमाले अधिवेशन सम्पन्न, अन्यमा १२ कात्तिकमा


बैतडी – नेकपा एमाले बैतडीले दोगडाकेदार गाउँपालिकाका दुई वडामा आज अधिवेशन सम्पन्न गरेको छ । दोगडाकेदारको वडा नम्बर ५ र ७ मा आज अधिवेशन सम्पन्न भएको पार्टीको गाउँपालिका कमिटी अध्यक्ष काशीसिंह विष्टले बताउनुभयो । वडा नम्वर ५ मा मोहनसिंह कार्की र वडा नम्बर ७ मा महादेव भट्टको अध्यक्षतामा ३१–३१ सदस्यीय वडा कमिटि गठन भएको छ ।

नेकपा एमालेले हालसम्म दोगडाकेदार गाउँपालिकाका ६ वडाको अधिवेशन सम्पन्न गरेको छ । दोगडाकेदार–६ मा भोलि र वडा नम्वर १ मा पर्सी अधिवेशन हुँदैछ । जिल्लाका अन्य वडामा भने  १२ कात्तिकमा अधिवेशन हुने जनाइएको छ ।

यसअघि एमालेले दोगडाकेदार गाउँपालिकाका चार वडामा अधिवेशन सम्पन्न गरिसकेको छ । वडा नम्वर २, ३, ४ र ८ मा हिजोसम्ममा अधिवेशन सम्पन्न भैसकेको छ ।