काठमाडौं – बलिउडमा कट्रिना कैफ र विक्की कौशलको बिहेको खबरले ध्यान तानिरहेको छ । केही समय यता प्रेममा रहेको खबरकै बीच यी दुईको विवाहको खबर मिडियामा आएको छ ।
भारतीय सञ्चारमाध्यमले कट्रिना र विक्की चाँडै नै बिहे बन्धनमा बाँधिने तयारी रहेको जनाएका छन् । तर कट्रिनाले यो हल्ला मात्र रहेको बताउनुभयो ।
उहाँले गत १५ वर्षदेखि आफूले आफ्नो विवाहको खबर सुन्ने गरेको बताउनुभयो । ‘मलाई आफै थाहा छैन कि यो हल्ला किन फैलिरहेको छ,’ उहाँले कुराकानीको क्रममा भन्नुभयो, ‘अहिले नै विवाहको कुनै योजना छैन ।’
यद्यपि भारतीय सञ्चार माध्यमले यी दुईले विवाह गर्ने संकेत गरेको खबर सम्प्रेषण गरिरहेका छन् । गतराति कट्रिना विक्कीसँग सेलिब्रेटी म्यानेजर रेश्मा शेट्टी कहाँ पुगेपछि विवाहको चर्चा बढेको हो ।





प्रतिक्रिया