अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सिभिल लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

सिभिल लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन


काठमाडौं – सिभिल लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन छ । लघुवित्तले साधारणसभा र २० प्रतिशत लाभांश वितरण प्रयोजनार्थ १४ कात्तिकमा बुक क्लोज गर्दैछ ।

यसर्थ, शुक्रबार र शनिबार सेयर कारोबार नहुने हुँदा आज बिहीबार नै कायम सेयरधनीले लाभांश सुरक्षित गर्ने अन्तिम दिन भएको हो ।

कम्पनीको १०औँ साधारणसभा २८कात्तिकमा बोगनभिल्ला इभेन्ट्स त्रिपुरेश्वरमा बोलाएको छ । सभामा कम्पनीले आर्थिक वर्ष २०७७/०७८ को नाफाबाट १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित एक प्रतिशत नगद गरी कुल एक प्रतिशत लाभांश वितरण गर्दै छ । ९ कात्तिकमा दोस्रो बजारमा आशा लघुवित्तको सेयर प्रतिकित्ता एक हजार ८४० रुपैयाँमा अन्तिम कारोबार भएको छ ।