बालकुमारी – ललितपुरको बालकुमारीमा साथीको हत्या गरेर भागेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । २०७६ साउनमा उदयपुर घर भएका हरि खड्काको हत्यामा संलग्न २४ वर्षीय जय सिंगारलाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका एसएसपी चन्द्रकुवेर खापुङले बताउनुभयो ।
२०७८ साउन २८ मा ललितपुर महानगरपालिका वडा–९ स्थित गुह्ये पोखरीमा उदयपुरको कटारी नगरपालिका–२ घर भई बालकुमारीमा डेरामा बस्ने खड्काको शव फेला परेको थियो ।
मूर्तिको काम गर्ने ३३ वर्षीय खड्कालाई साउन २५ मा जय सिंगार सहितको समूहले कुटेर हत्या गरेको प्रहरीको अनुसन्धानबाट पत्ता लागेको हो । मकवानपुर गढी गाउँपालिका–१ घर भई ललितपुर महानगरपालिका–९ बस्ने कुमार थिङ भन्ने मान कुमार थिङ सहित पाँच जनालाई प्रहरीले यसअघि नै पक्राउ गरिसकेको छ । फरार मध्येका मकवानपुरगढी गाउँपालिका–१ फुलबारी घर भएका जय सिंगारलाई कार्तिक १० मा अपराध महाशाखाको टोलीले च्यासलबाट पक्राउ गरेको हो ।
महाशाखाले अभियुक्तलाई कानूनी कारबाहीका लागि ललितपुर परिसरमा पठाएको छ ।
प्रतिक्रिया