जनकपुरधाम- धनुषाको १६ पालिकामा तोकिएको समयमा नेकपा एमालेको अधिवेशन हुन सकेन । मिथिला नगरपालिका र बटेश्वर गाउँपालिकामा मात्र अधिवेशन सकिएको छ । मिथिलामा दीपक थापाको अध्यक्षतामा ७५ सदस्यीय चयन भएका छ्न । त्यस्तै बटेश्वरमा रामखेलावन महतोको अध्यक्षतामा ६५ सदस्यीय नेतृत्व चयन गरिएको छ ।
एमाले धनुषा अध्यक्ष राजकिशोर यादवले १६ पालिकामा अधिवेशन गर्न बाँकी रहेको बताउनुभयो । उहाँका अनुसार केही वडामा विवाद देखिएको र सदस्यता नवीकरण नभएकोजस्ता प्राविधिक कठिनाइले अधिवेशन समयमा नभएको हो ।
धनुषामा कुल १६९ वडा रहेकोमा १३० वटामा वडा अधिवेशन सम्पन्न भइसकेको अध्यक्ष यादवले बताउनुभयो । बाँकी रहेको वडा र पालिकामा अधिवेशन छिट्टै सकिने उहाँले बताउनुभयो ।





प्रतिक्रिया