हेटौंडा- नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डे आज बागमती प्रदेशको मुख्यमन्त्री बन्दै हुनुहुन्छ । उहाँले आजै मन्त्रिपरिषद् गठन गर्दै हुनुहुन्छ ।
नेकपा एमालेबाट मुख्यमन्त्री बन्नुभएकी अष्टलक्ष्मी शाक्य अल्पमतमा परेर राजीनामा दिनुभएपछि पाण्डे मुख्यमन्त्री बन्न लागेका हुन् । बागमतीमा कृष्णप्रसाद खनाल आन्तरिक मामिला, कृष्णलाल भँडेल भौतिक पूर्वाधार र कुमारी मोक्तान सामाजिक विकास मन्त्री बन्ने भएका छन् ।
एमाले विभाजन भएपछि १३ जना प्रदेशसभा सदस्यले एकीकृत समाजवादी पार्टी रोजेपछि मुख्यमन्त्री शाक्य अल्पमतमा पर्नुभएको हो ।
कांग्रेस, माओवादी र जसपाका गरी ५९ सांसदहरूको समर्थनमा पाण्डेले बुधबार नै मुख्यमन्त्रीमा दाबी पेश गर्नुभएको थियो ।





प्रतिक्रिया