काठमाडौं- नेकपा एमालेले उद्घाटनपछि सिधै निर्वाचन गर्ने गरी दशौं महाधिवेशनको तयारी गरेको छ । मंसीर १० देखि १२ गतेसम्म चितवनमा हुने पार्टीको दशौं महाधिवेशनको उद्घाटनपछि निर्वाचन प्रक्रिया शुरु हुने भएकाले यो महाधिवेशन विगतको भन्दा फरक हुने स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले जानकारी दिनुभयो ।
‘वैचारिक बहसका लागि विधान महाधिवेशन गर्ने निर्णय २०७१ मा भएको पार्टीको नवौं महाधिवेशनको नै हो,’ पाण्डेले भन्नुभो, ‘एमाले नयाँ–नयाँ प्रयोग गर्ने पार्टी हो । यो प्रयोग कति सही या गलत हुन्छ, महाधिवेशनपछि नै थाहा होला ।’
एमालेले दशौं महाधिवेशनमा २२५ केन्द्रीय सदस्यका लागि करीब ५०० जनाको उम्मेदवारी दिन आँकलन गरेको छ ।





प्रतिक्रिया